क्रिकेट
आवुधावी टि–१० लिगः सोमपालको टिम अरेवियन्सको विजयी सुरुवात

काठमाडौं, माघ १५–
अवुधावी टि–१० लिगमा नेपाली युवा तीव्र गतिका बलर सोमपाल कामी आवद्ध मराठा अरेवियन्सले विजयी सुरुवात गरेको छ । सोमपाल कामीले डेब्यु गरेको खेलमा अरेवियन्स ५ विकेटले विजयी भएको हो ।
नर्दन वारियर्सले दिएको १२८ रनको लक्ष्य पछ्याएको अरेवियन्सले ५ विकेटको क्षतिमा १३१ रन बनाउँदै जित हासिल गरेको हो । अन्तिम दुई बलमा ५ रन आवश्यक छदा मोसादिकले लगातार दुई चौका प्रहार गर्दै टिमलाई जित दिलाए ।
अरेवियन्सको जितमा अब्दुल साकुरले २८ बलमा ७३, मोहम्मद हाफिज ८ बलमा १९ रन बनाए । वारियर्सका लागि फविन ऐलेनले २ ओभरमा ११ रन खर्चिदै २ विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको अरेवियन्स २ विकेटको क्षतिमा १२७ रन जोडेको थियो । उसका लािग सिमोन्सले ३१ बलमा अविजित ५४ र ब्राण्डन किङले २९, निकोलस पुरनले १९ र रोभमान पवेलले २२ रन बनाए ।
अरेवियन्सका लागि मुक्तर अलिले २ ओभरमा १९ रन खर्चिदै एक विकेट लिए । टि–१० मा डेब्यु गरेका नेपाली युवा खेलाडी सोमपालले २ ओभरमा २८ रन खर्चिएर विकेट विहिन रहे । इनिङको पहिलो ओभर गरेका सोमपालले मात्र ८ रन खर्चिए । उनले पहिलो ओभरमा एक छक्का र दुई रन मात्रै खर्चिए । क्याच ड्रप हुँदा पहिलो ओभरमै विकेट लिनबाट सोमपाल बन्चित भएका थिए ।
इनिङको अन्तिम ओभरमा आफ्नो दोस्रो ओभर बलिङका सोमपालले २० रन खर्चिए । जसमा दुई चौका र एक छक्का प्रहार भयो ।



























