क्रिकेट
आवुधावी टि–१० लिगः सोमपाल कामीले खर्चिए २८ रन
०

काठमाडौं, माघ १५–
अवुधावी टि–१० लिगमा नेपाली युवा तीव्र गतिका बलर सोमपाल कामीले डेब्यु गरेका छन् । मराठा अरेवियन्सको प्रतिनिधित्व गर्दै सोमपालले लिगमा डेब्यु गरेका हुन् । टस जितेर फिल्डिङ रोजेको अरेवियन्सबाट सोमपालले ओपनिङ बलिङ गर्दै प्रतियोगितामा मध्यम सुरुवात गरेका छन् ।
सोमपालले २ ओभरमा २८ रन खर्चिएर विकेट विहिन रहे । इनिङको पहिलो ओभर गरेका सोमपालले मात्र ८ रन खर्चिए । उनले पहिलो ओभरमा एक छक्का र दुई रन मात्रै खर्चिए । क्याच ड्रप हुँदा पहिलो ओभरमै विकेट लिनबाट सोमपाल बन्चित भएका थिए ।
इनिङको अन्तिम ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सोमपालले २० रन खर्चिए । जसमा दुई चौका र एक छक्का प्रहार भयो । यस प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिनिधित्व गर्दैछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























