क्रिकेट
आवुधावी टि–१० लिगः सोमपाल कामीले गरे डेब्यु
०

काठमाडौं, माघ १५–
अवुधावी टि–१० लिगमा नेपाली युवा तीव्र गतिका बलर सोमपाल कामीले डेब्यु गरेका छन् ।
मराठा अरेवियन्सको प्रतिनिधित्व गर्दै सोमपालले डेब्यु गरेका हुन् । टस जितेर फिल्डिङ रोजेको अरेवियन्सबाट सोमपालले ओपनिङ बलिङ गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेका छन् ।
सोमपालले पहिलो ओभरमा मात्र ८ रन खर्चिए । क्याच ड्रप हुँदा पहिलो ओभरमै विकेट लिनबाट सोमपाल बन्चित भएका थिए । यस प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिनिधित्व गर्दैछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























