वागमती

वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ

Banner

मकवानपुर, माघ १४-

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजिक विकास मन्त्रालयद्वारा आयोजित कोभिड–१९ खोप अभियानको आज हेटौँडामा शुभारम्भ गर्नुभयो । मुख्यमन्त्री पौडेलले हेटाँैडा अस्पतालको परिसरमा सामाजिक विकास मन्त्रालयले स्थापना गरिएको कोभिडको पिसिआर प्रयोगशाला कक्षको पनि आज उद्घाटन गर्नुभयो ।

कार्यक्रममा हेटाँैडा अस्पतालका प्रमुख चिकित्सक डा प्रवीण श्रेष्ठले कोभिड–१९ को खोप लगाउनुभयो । समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेशका जनताको स्वास्थ्या उपचार र दैविक प्रकोपबाट पीडित भएका परिवारलाई तत्काल उद्धार गर्न प्रदेश सरकारले आफ्नो स्रोतसाधन र जनशतिm परिचालन गरिएको बताउनुभएको छ । उहाँले कोभिडको खोप जनतालाई पु¥याउन सङ्घीय सरकारले समयमा निकै मिहिनेतका साथ उपलब्ध गराएको चर्चा गर्दै सरकार र जनताप्रति जिम्मेवार र जवाफदेही रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृद्धितर्फ क्रियाशील तुल्याउन विभिन्न जिल्लामा प्याकेज कार्यक्रमहरु सञ्चालनमा रहेको र ती योजनाहरुबाट छिट्टै जनताले दिगो लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय सचिव दीपेन्द्र काफ्लेले सङ्घीय सरकारले कोभिड खोप उपलब्ध गराइएअनुसार वाग्मती प्रदेशको १३ जिल्लामा ६४ हजार १९२ जना नागरिकलाई खोप लगाउने कार्यक्रम राखिएको उल्लेख गर्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नागरिकलाई खोप लगाउने उच्च प्रथामिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । वाग्मती प्रदेशका १३ जिल्लामा कोभिड खोप लगाउन ३५ वटा खोप केन्द्र स्थापना गरिएको सो मन्त्रालयका सचिव काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सहसचिव डा पुरुषोत्तम राज सेढाईं र हेटाँैडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले कोभिड–१९ का बिरामीलाई तत्काल उपचार गर्ने कार्यमा आवश्यक चिकित्सक तथा आधुनिक सुविधायुक्त प्रयोगशालाको स्थापना गरी नियमित सेवासुविधा उपलब्ध गराउँदै आएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area