राजनीति

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

Banner

काठमाडौं, पुस १६-

नेपाली कांग्रेसले आज राष्ट्रिय मिलमिलाप दिवस मनाउँदैछ।केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय भएअनुसार आज ७७ जिल्ला कार्यसमितिले आ-आफ्नो जिल्लामा मेलमिलाप दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन्।मेलमिलाप दिवसमा सहभागी हुन केन्द्रीय नेताहरू जिल्ला जाने कार्यक्रम पनि छ।

सभापति शेरबहादुर देउवाले भने भर्चुअल माध्यमबाट मेलमिलाप दिवसमा बोल्ने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

तत्कालीन कांग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह मेलमिलापको नीति लिएर नेपाल फर्केका थिए।

२०३३ पुस १६ गते उनीहरू राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल आएका थिए। सोही दिनको सम्झनामा कांग्रेसले वर्षेनी कार्यक्रम गर्दै आएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>