Breaking News

चितवनमा १६ सहित देशभर ५११ जना कोरोना संक्रमित थपिए

Banner

काठमाडौँ, पुस १५-

चितवनमा १६ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ६० हजार ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, मोरङमा ८, सुनसरीमा ७, धनुषामा १, पर्सामा १, काठमाडौँमा २२५, काभ्रेमा ६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४ र ललितपुरमा ४९ जना संक्रमित थपिएका छन् ।

यस्तै सिन्धुपाल्चोकमा १, सिन्धुलीमा २, कास्कीमा ५०, गोरखामा १, तनहुँमा ६, नवलपरासीपूर्वमा २, म्याग्दीमा १, वागलुङमा ३, स्याङजामा २, अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुमपूर्वमा १, रुपन्देहीमा १९, डडेल्धुरामा २, डोटीमा १ र र बझाङमा १ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बुधबार ६०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या दुई लाख ५१ हजार ९ सय १२ पुगेको छ । हाल देशभर ६ हजार ३०० जना सक्रिय संक्रमित रहेका छन् भने ३६२ जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ८४७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>