अन्तर्राष्ट्रिय

अमेरिकी प्रतिबन्धको बावजुद रूस र टर्कीले सैनिक सम्बन्ध विस्तार गर्ने

Banner

मस्को, पुस १४

रूसी मिसाइल रक्षा प्रणाली भित्र्याएका भन्दै टर्कीमाथीको अमेरिकी प्रतिबन्धका बाबजुद पनि मस्को र अङ्काराको सैन्य सहकार्य नरोकिने रूसी विदेश मन्त्री सर्गेई लाभरोभले मंगलबार बताउनुभयो

उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नेटो० को सहयोगी मुलुकमाथि बिरलै लगाइने प्रतिबन्ध टर्कीमाथि लगाउने घोषणा डिसेम्बरको सुरुमा वाशिङ्गटनले गरेको थियो । टर्कीले रूसी प्रतिरक्षा प्रणाली ९एस–४००० किनेको भनी उक्त कदम चालेको थियो यद्यपि यसले रूससँगको सैन्य सहकार्यलाई प्रभावित नपार्ने मस्कोका अधिकारीहरूले बताएका हुन् ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले त्यस बेला टर्कीका विदेश मन्त्री मेवलुट काभुसोग्लुलाई अमेरिकी प्रतिबन्ध रूसलाई हतियार बिक्रीबाट पर्याप्त राजस्व पाउनबाट रोक्नको लागि लगाइएको भनी आश्वासन दिनुभएको थियो ।

मङ्गलबार काभुसोग्लुले आफ्ना टर्केली समकक्षी लाभरोभसँग वार्ताका लागि मस्को भ्रमणमा रहेका समय उहाँले पत्रकारलाई भन्नुभयो, “हामीले टर्कीसँग सैनिक सम्बन्ध विस्तार गर्ने हाम्रो आपसी मनसायको पुष्टि गरिसकेका छौं ।”

उहाँले भन्नुभयो, “वाशिङ्गटनको निरन्तर नाजायज दवावको बाबजुद पनि यस क्षेत्रमा सहयोग जारी राख्ने टर्कीको प्रतिबद्धताको कदर राष्ट्रपति भ्लादिमीर पुटिनले गर्नुहुनेछ । ”

गत वर्ष रुसबाट एस–४०० प्रणालीलाई भित्र्याएको भन्दै नेटो गठबन्धनमा टर्कीको सदस्यता अनुकूल नरहेको टर्कीलाई अमेरिकाले चेतावनी दिएको थियो ।

रूस र टर्कीबीच लिविया र सिरियामा कैयौँ द्वन्द्व भएपनि पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच सुमधुर सम्बन्ध कायम रहेको छ ।

छ हजारभन्दा बढीको ज्यान गएको अर्मेनिया र अजरबैजानबीचको छ हप्ताको युद्धपछि दुवै देशले विवादित नागोेर्नो–काराबाख क्षेत्रका बारे रूसी मध्यस्थतामा रहेको वार्तालाई संयुक्त रूपमा अनुगमन गरिरहेका छन् ।

तर द्वन्द्वको क्रममा नागोर्नो–काराबाख क्षेत्रलाई लिएर उनीहरूबीच तनाव बढेको थियो । टर्कीले सिरियाली लडाकूहरूलाई प्रतिस्पर्धा भएको क्षेत्रमा आर्मीनियाली सेनाको बिरूद्धमा लगाएको आरोप रूसको रहेको छ ।

यस महिनाको सुरुमा टर्की प्रहरीले इस्तानबुलमा अनुमतिविना ड्रोन उत्पादन एकाईको फिल्मिङ गरेको आरोपमा दुई रूसी पत्रकारलाई पक्राउ गरी सोधपुछपछि रिहा गरेको थियो । रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>