राजनीति

केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्,त्यसपछि हाम्रो पालोः प्रचण्ड

Banner

काठमाडौं, पुस १४-

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड(नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली वैशाखसम्म प्रधानमन्त्री रहने र त्यसपछि पत्तासाप हुने बताएका छन्। उनले आगामी निर्वाचनबाट आफुहरु सत्तामा जाने जिकिर गरे । ओली श्री ३ महाराजाधिराज बन्न खोजेको भन्दै उनले जनताले साथ नदिने पनि बताए। ‘ओली वैशाखबाट प्रधानमन्त्री हुन्नन्। त्यसपछि पत्तासाप,’ भृकुटीमण्डपमा आज आयोजित विरोध सभामा प्रचण्डले भने, ‘आजको नेपाल र विश्वमा श्री ३ महाराजाधिराज हुन्छु भनेर हुन्छ ?’

उनले कम्युनिष्ट पार्टी फुटिसकेको पनि बताएका छन्। संविधान बचायो भने दुई वर्षपछि चुनाव हुने पनि उनले बताए। अहिले चुनाव भए जितिहालिन्छ भनेर मख्ख नपर्न पनि उनले अन्य पार्टीका नेतालाई आग्रह गरेका छन्।

ओली एक जनाले बाह्र सय केन्द्रीय सदस्य गठन गरेको पनि उनको भनाइ छ। आफूहरूको पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै प्रचण्डले चुनाव चिन्हमा कुनै विवाद गरिराख्नु नपर्ने बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>