राजनीति
विरोधसभाका लागि सडकमै प्रचण्ड-नेपाल समूहको मञ्च, सवारी साधन डाइभर्ट
०

काठमाडौं,पुस १४-
नेकपाको प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनका लागि सडकको बीच भागमा नै मञ्च बनाएपछि आज ९मङ्गलबार० बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जुनसुकै आन्दोलनका लागि पनि केन्द्रबिन्दु बन्दा प्रदर्शनी मार्गको बाटो प्रभावित हुँदै आएको छ ।
यस्तै, प्रतिनिधि सभा भङ्ग भएसँगै भइरहेको विरोध प्रदर्शनका कारण उपत्यकाको सडक अस्तव्यस्त बन्न थालेको छ । हिजो ९सोमबार० कांग्रेसको प्रदर्शनका कारण उपत्यकाका धेरै ठाउँमा जाम बढेको थियो । आज (मङ्गलबार) पनि कार्यालय समय र दिउँसोको समयमा चाप बढ्न सक्ने भन्दै कामका लागि घरबाट निस्कँदा केही समय अगाडि नै निस्कन ट्राफिक प्रहरीको सुझाव छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























