राजनीति

प्रधानमन्त्रीकै पक्षमा अदालतले फैसला गर्छ: स्वास्थ्य राज्यमन्त्री रावत

Banner

वीरेन्द्रनगर, पुस १३-

सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रधानमन्त्रीको कदमका पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने बताउनुभएको छ । युवा सङ्घ नेपाल कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा आयोजना गरेको बृहत् युवा भेलालाई सम्बोधन गर्दै राज्यमन्त्री रावतले प्रधानमन्त्रीलाई अगाडि बढ्न नदिइएपछि प्रतिनिधिसभा भङ्ग गरिएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का केन्द्रीय सदस्य रावतले भन्नुभयो, “प्रधानमन्त्री हुने भए आगामी निर्वाचनमा आउनुहोस्, यदि पार्टीको अध्यक्ष चाहिए महाधिवेशनबाट अघि बढौँ ।”

नेकपाका नेता महेश बस्नेतले चुनाव जित्न नसक्नेहरु नै चुनावको विपक्षमा उभिएको जिकिर गर्दै नेकपाको कार्यालयमा कसैलाई पनि आँखा नलगाउन चेतावनी दिनुभयो ।

युवा सङ्घका केन्द्रीय अध्यक्ष रमेश पौडेलले प्रतिनिधिसभा विघटन नभइदिएको भए देश नै विघटनको स्थितिमा पुगेको हुने जिकिर गर्नुभयो । युवा सङ्घका नेता वचनबहादुर सिंहले सरकारको हातखुट्टा बाँधेर काम गर्न नदिएपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गर्ने अवस्थामा प्रधानमन्त्री पुगेको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य नगेन्द्र शाहीले नेकपाको गठबन्धन भए तापनि आफूहरु भित्रीरुपमा नमिलेको बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>