चितवन विशेष

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा नारायणी कलामन्दिरको निरीक्षण

Banner

चितवन,पुस ४-

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नारायणगढस्थित नारायणी कलामन्दिरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले प्रदेश सरकारबाट विनियोजन भएको बजेटबाट भएको कामको निरीक्षण गर्नुभएको हो । प्रदेश सरकारले कलामन्दिरको हलमा निर्माण गरिने संरचनाका लागि रु १० लाख बजेट विनियोजन गरेको छ ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले गुणस्तरीय काम गर्न निर्माण समितिलाई निर्देशन दिनुभयो । कलामन्दिरका लागि बजेट अभाव नहुने भन्दै उहाँले विनियोजित रकमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कलामन्दिरको हलमा राखिने सीट खरिदका लागि भरतपुर महानगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको कलामन्दिरका अध्यक्ष उद्धव जोशीले जानकारी दिनुभयो । “सीट र कार्पेटको काम महानगरबाट हुँदैछ”, उहाँले भन्नुभयो, “विद्युत्को काम वडा कार्यालयले गर्दैछ ।” उपत्यका पछिको पहिलो सभाहलका रुपमा रहेको नारायणी कलामन्दिरमा चितवनका अधिकांश कार्यक्रम हुने गरेका छन् । नारायणी कला मन्दिर २०१९ सालमा स्थापना भएको हो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>