Breaking News

चितवनको सिजी ल्यान्डमार्कमा रहेको ‘द फन रेसिडेन्सी’ होटलले पायो दक्षिण एसियाकै उत्कृष्ट अवार्ड

Banner

निशा श्रेष्ठ,

चितवन पुस १-

चितवनको सिजी ल्यान्डमार्कमा रहेको द फन रेसिडेन्सी (होटल चितवन) साउथ एसियन ट्राभल अवार्ड (साटा)बाट सम्मानित भएको छ । दक्षिण एसियाका दर्जनौ होटलहरुलाई पछाडि पार्दै रेसिडेन्सीले उत्कृष्ट अर्वाडको ताज हात पारेको हो ।

आज होटलले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सम्मानित भएको जानकारी दिएको छ । होटलका प्रबन्धक दिपेन्द्र पोखरेलले ‘लिडिङ इको फेन्डल्ली सिटी होटल’ शिर्षकमा शिल्भर अवार्ड जितेको जानकारी दिए । अर्वाड प्राप्त गरेपछि आफुहरुलाई थप जिम्मेवार बनाएको उनले बताए ।

सन २०१६ बाट बाट सुरु भएको अवार्ड यस वर्ष १५ डिसेम्बर अर्थात हिजो (मंगलबार) भर्चुअल रुपमा सम्पन्न भएको थियो । सिजी ल्यान्डमार्कको पाँच तलामाथी सञ्चालित होटल वातावरण मैत्री हिसाबले सेवा दिइरहेको पोखरेलले दाबी गरे । उनले होटललाई प्लाष्टिक मुक्त बनाएको समेत जानकारी दिए ।

होटलबाट भरतपुर र नारायणगढको आकर्षक दृश्य देखिन्छ । होटलमा ४८ वटा कोठा , दुईवटा सेमिनार हल स्वीमिङ पुल खुल्ला एवम् रमणीय स्काई लाउन्च ,स्काई स्पोर्ट वार, ३६० लाउन्च रहेको छ । होटल भरतपुर विमानस्थलदेखि ५ मिनेटको दुरीमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>