अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु

Banner

काठमाडौं,मंसिर ३०-

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएकाहरुलाई लगाइदिएर अमेरिकाले सोमबारबाट खोप अभियान सुरु गरेको हो । न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको बीबीसीले जनाएको छ । यी नर्स आईसीयूमा कार्यरत छिन् ।

अमेरिकाले फाइजररबायोएनटेक खोप प्रयोगमा ल्याएको छ । फाइजररबायोएनटेकलाई प्रयोगमा ल्याउन अमेरिकाले गत शुक्रबार मात्रै अनुमति दिइएको थियो । सोमबार १५० अस्पतालमा यो भ्याक्सिन लगाइएको छ । अमेरिकाले यो अभियानअन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म १० करोड जनामा खोप पुर्याउने लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>