Breaking News

पछिल्लो २४ घण्टामा ८२१ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

Banner

काठमाडौँ मंसिर २९

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।हाल देशभर १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन् भने ४ सय ७१ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>