स्वास्थ्य

नेपालमा कोरोनाबाट निको हुनेको दर ९४ प्रतिशतभन्दा बढी

Banner

काठमाडौँ,मंसिर २८-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । त्यसैगरी, आज कोरोनालाई जितेर घर फर्कनेको संख्या १ हजार ५ सय रहेको छ।

यसगरी, नेपालमा आजसम्म १८ लाख ३१ हजार ४१ जनाको पीसीआर परिक्षण गरिएको छ भने, आज मात्र ५,१८१ जनाको पीसीआर परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। अहिले नेपालमा १०,९९४ जना सक्रिय सङ्क्रमित रहेका छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ। उनकाअनुसार हाल सम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ जना रहेका छन् । आज मात्रै कोरोनालाई जितेर घर फर्कनेको संख्या १५०० रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>