Breaking News

नेपालमा १०४४ जना संक्रमित थपिए, १२७१ जना निको, ११ जनाको मृत्यु

Banner

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा हालसम्म २ लाख ४६ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा १ हजार २७१ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । नेपालमा हाल १२ हजार १४८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ६७४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>