Breaking News

देशभर १३८२ जना कोरोना संक्रमित थपिए

Banner

काठमाडौं, मंसिर २३-

पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>