स्वास्थ्य
नेपालमा १०१४ जना संक्रमित थपिए, १६२८ जना निको, २० जनाको मृत्यु
०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा हालसम्म २ लाख ४१ हजार ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा १ हजार ६२८ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । नेपालमा हाल १२ हजार ९४८ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ६१४ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























