Breaking News
उद्योग वाणिज्य महासङ्घ पदाधिकारीको पदभार ग्रहण, कोषाध्यक्षमा हिराचन
०

काठमाडौं,मंसिर १५-
नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ । आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले आज पदभार ग्रहण गर्नुभएको हो ।
महासङ्घका अनुसार, आजै बसेको केन्द्रीय कार्यकारिणी समितिले मतदान प्रक्रियाबाट कोषाध्यक्षसमेत चयन गरेको छ । महासङ्घको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित हुनुभएको छ । कार्यकारिणी समितिमा भएको मतदानमा शिराचनले ४० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिबी बस्नेतले ३१ मत प्राप्त गर्नुभयो ।
शनिबार सम्पन्न महासङ्घको निर्वाचनमा हिराचन वस्तुगत सङ्घबाट र बस्नेत जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा निर्वाचित हुनुभएको थियो । महासङ्घले आइतबार नै विशिष्ट सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारकालाई चयन गरिसकेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























