चितवन विशेष
नारायणगढमा आर्भी इन्टरनेशनलको सेवा सुरु, सुजुकीको जेनियन पार्टस् पाइने

चितवन, मंसिर १४–
चितवनको नारायणगढमा आर्भी इन्टरेनशनल प्रा.लि.ले आइतबारबाट आफ्नो सेवा सुरु गरेको छ ।
सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले आफ्नो आधिकरिक सुजुकी जेनियन पार्टस्को विक्रेताको रुपमा आर्भीले आफ्नो सेवा सुरु गरेको हो ।
सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले आर्भी इन्टरनेशनलको उद्घाटन गर्नुभयो । बजारमा बढ्दो रूपमा बिक्री भइरहेको सुजुकी चारपाङ्ग्रे सवारी साधनलाई मध्यनजर गर्दै ग्राहकलाई अझ छिटो छरितो तथा सहज रूपमा सुजुकी गाडीका पार्टपुर्जा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको चौधरीले जानकारी दिनुभयो ।
चितवनको नारायणगढ, मुग्लिङ, मकवानपुरको हेटौंडा, पर्साको वीरगंज र नवलपरासी पूर्वको कावासोतीसम्म सेवा तथा पहुँच दिने उद्देश्यले आर्भीले सेवा सुरु गरेको आर्भी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशीले जानकारी दिनुभयो ।

























