समाचार
विराटनगर शिक्षण अस्पताल र होम आइसोलेशनमा रहेका दुई कोरोना संक्रमितको मृत्यु
०

विराटनगर, मङ्सिर ११–
मोरङमा कोरोना संक्रमणबाट दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगरको नोबेल शिक्षण अस्पताल र होम आइसोलेशनमा रहेका दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनु्सार मोरङको रतुवामाई नगरपालिका र लेटाङ्ग नगरपालिकाका वृद्धको उपचारका क्रममा मृत्यु भएको हो।
उनका अनुसार लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैगर्दा मृत्यु भएको हो ।
त्यस्तै रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेशनमै मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























