Breaking News
बैतडीमा भारतबाट पेन्सन बुझेर फर्किने क्रममा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते
०

महेन्द्रनगर, मंसिर ९-
बैतडीमा यात्रुबाहक जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको भने अन्य ४ जना घाइते भएका छन्।
मंगलबार झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना भएको हो । सो दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिपमा सवारहरु भारतमा पेन्सन बुझेर घर फर्किरहेकाहरु रहेको प्रहरीले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























