समाचार

कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुईको मृत्यु

Banner

रुपन्देही, मङ्सिर ५-

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

सङ्क्रमित दुबै जनामा उच्च ज्वरो, उच्च रक्तचाप र श्वासप्रस्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ । तिलोत्तमा नगरपालिकाका पुरुषमा यही २ गते कोरोना पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कात्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>