स्वास्थ्य
देवघाटका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण

देवघाट, कार्तिक २६–
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको देवघाट जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा आज (बुधबार) देवघाट जेष्ठ नागरिक आश्रमका ३८ जना जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षणसंगै औंषधी वितरण समेत गरिएको हो।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कार्यक्रमका संयोजक डा. प्रमोद मण्डललाई पीपीई सेट प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो क्रममा बोल्दै अध्यक्ष थापाले देवघाट जेष्ठ नागरिक आश्रमका ३८ जना जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षणसंगै औंषधी वितरण गरि जेष्ठ बुवा आमाहरुको मन खुशी पार्नु नै सबै भन्दा ठूलो पुण्य प्राप्ति मिल्ने बताए ।
कार्यक्रममा संयोजक डा. प्रमोद मण्डल, केशवराज न्यौपाने, सोमकान्त पौडेल र भोजहरि रानाभाट लगाएतको समूहले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणसंगै जेष्ठ नागरिकहरुलाई औंषधी समेत वितरण गरेको थियो ।
























