चितवन विशेष

चितवनमा होम आइसोलेसनमा बसेका वृद्धको मृत्यु

Banner

चितवन, कार्तिक २५–

चितवनमा होम आइसोलेसनमा बसेका एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्लाको रत्ननगर नगरपालिका–११ का ७७ वर्षीय वृद्धको आज (मंगलबार) विहान ६ः३० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मधुमेह र उच्च रक्तचापका बिरामी ती पुरुष नारायणी सामुदायिक हस्पिटलमा उपचार गराउन कार्तिक २१ गते पुगेका थिए । सोही अस्पतालबाट उनको स्वाब संकलन गरिएको थियो ।

२२ गते कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनी होम आइसोलसनमा सुरक्षित साथ बस्दै आइरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>