स्वास्थ्य

स्वास्थ्यमन्त्रालयले ‘होम आइसोलेसन’मा रहेका कोरोना संक्रमितको निगरानी गर्न टोली परिचालन गर्ने

Banner

काठमाडौं, कात्तिक २४-

काठमाडौं उपत्यकामा ‘होम आइसोलेसन’ मा रहेका कोरोना संक्रमितको निगरानी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टोली परिचालन गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाको वडा स्तरमा क्लष्टर खडा गरी होम क्वारेन्टिन वा आइसोलेसनमा रहेका संक्रमितको निगरानी गरिने बताएका हुन् ।

पछिल्लो समय उपत्यकामा समेत ट्रेसिङ कार्य नहुँदा संक्रमण झन् तीब्र रुपमा फैलिँदै गएको छ ।

दैनिक उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएका कारण मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्रभावकारी बनाउन उक्त तयारी गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>