चितवन विशेष
दमौलीका एक पुरुषको कोरोना संक्रमणबाट चितवनमा निधन
०

चितवन, कात्तिक २३-
तनहुँ दमौलीका एक वृद्ध पुरुषको चितवन मेडिकल कलेजमा कोरोना संक्रमणको कारणले आज निधन भएको छ ।
चितवन मेडिकल कलेजले आज प्रेषित गरेको विज्ञप्तिअनुसार तनहुँ व्यास नगरपालिका वडा नम्बर १४ का ९६ वर्षीय ती पुरुष खोकी तथा ज्वरोको समस्या भई कात्तिक १२ गते अस्पतालमा भर्ना भएका थिए । उनको आइतबार दिउँसो कोभिड आईसीयूमा उपचार हुँदाहुँदै निधन भएको अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























