चितवन विशेष
भरतपुरको ज्योतिनगरमा निःशुल्क व्हिलचेयर वितरण

चितवन, कात्तिक २२-
भरतपुर महानगरपालिका–२६ ज्योतिनगरका तीन जना अपाङ्गता भएका बालबालिकालाई शुक्रबार स्मार्ट ह्विलचेयर वितरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग कोष भृकुटीमण्डप काठमाडौँ, अपाङ्ग समाज चितवनको संयुक्त सहयोगमा मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समूह भरतपुर महानगरपालिका–२६ ज्योतिनगरको दिवा स्याहार केन्द्रका तीन जना बालबालिकाका लागि स्मार्ट व्हिलचेयर वितरण गरिएको हो । वितरण कार्यक्रममा भरतपुर वडा नम्बर २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनाल, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य तथा अपाङ्ग समाज चितवनकी संस्थापक उषा श्रेष्ठ र टेक्निसियन विवेक श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका लागि समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्ने कुरामा वक्ताहरुले जोड दिनु भयो । वितरण भएको सहायक सामग्रीले उनीहरुको दैनिकीलाई सहज गराउनेमा संस्थाको अध्यक्ष लक्ष्मीकान्त घिमिरेले जानकारी गराउनु भयो ।
























