Breaking News

चितवनको पुष्पाञ्जली अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

Banner

चितवन, कार्तिक २१–

चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुरस्थित श्रीपुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५९ वर्षीय पुरुषको गयराति १० बजे मृत्यु भएको हो ।

निमोनिया, सुगर र उच्च रक्तचाप भइ कार्तिक ८ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । उनमा कार्तिक १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड आइसीयूमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>