समाज
बागमती प्रदेश प्रमुख प्रसाईं कोरोनामुक्त
०

चितवन,कार्तिक १६-
बागमती प्रदेश प्रमुख विष्णु प्रसाईं कोरोना (कोभिड–१९) मुक्त हुनुभएको छ । झापाको मेची अस्पतालमा आज गरिएको पिसीआर परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको प्रमुख प्रसाईंका स्वकिय सचिव प्रताप उप्रेतीले जानकारी दिनुभयो ।
उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर गएका बेला कार्तिक ११ गते कोरोना पुष्टि भएको थियो । यो अवधिमा शरीर दुख्ने, पसिना आउनेजस्ता सामान्य लक्षण देखिएपनि अन्य स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । प्रसाईँ घरमै आइसोलेसनमा बसेर घरेलु औषधी सेवन गरिरहनुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























