Breaking News

होम आइसोलेशनमा रहेका नवलपुरका दुईसहित थप चार कोरोना संक्रमितको मृत्यु

Banner

काठमाडौँ, कार्तिक १५-

पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुईसहित बाँके र सुनसरीमा गरी थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको होम आइसोलेशनमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित वृद्धको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गैरीगञ्जका ७३ वर्षीय वृद्ध रहेको प्रतिष्ठानका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएका ती वृद्धमा कार्तिक ६ गते संक्रमण पुष्टि भई ७ गते प्रतिष्ठानमा भर्ना गरिएको गरिएको हो ।

वृद्धमा मुटु सम्बन्धी पूरानै समस्या रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>