चितवन विशेष

चितवनमा थप ३७ नमूना कोरोना पोजेटिभ

Banner

चितवन,कार्तिक १३-

चितवनमा थप ३७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार गरिएका ७२ नमूना मध्ये ३७ वटा नमूनाको कोभिड १९  संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला प्रमुख डा.नितु अधिकारीका अनुसार संक्रमित हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुरका १३ जना पुरुष र ६ जना महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै खैरहनीका २ पुरुष, रत्ननगरका १ महिला संक्रमित भएका छन् ।

यसैगरी नवलपरासीको विनय त्रिवेणीका १, गैंडाकोटका १, गोरखा पालुङटारका २, लम्जुङ बेशिशहरका १, मोरङ विराटनगरका १ र रुपन्देहीको बुटवलका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>