Breaking News

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

Banner

चितवन, कार्तिक ११–

चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको (सोमबार) गयराति ९ः३५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कार्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनमा कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुष लामो समयदेखि मुटु र मिर्गौला रागको उपचार गराइरहेका थिए ।

अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>