चितवन विशेष

भरतपुरको प्रेमबस्तीमा क्रिमसन फार्मेसी सञ्चालनमा

Banner

चितवन, कात्तिक ४-

भरतपुर महानगरपालिका वडा नम्बर ७ हेल्थपोष्ट चोकमा सुविधा सम्पन्न फार्मेसी तथा क्लिनिक सञ्चालनमा आएको छ ।

स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गरी सम्पूर्ण सेवा दिने उद्देश्यसहित सोमबारदेखि क्रिमसन फार्मेसी तथा क्लिनिक सञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले उक्त क्रिमसन फार्मेसी तथा क्लिनिकको औपचारिकरुपमा उद्घाटन गर्नु भएको थियो ।
सामान्य उपचार र औषधिको लागि पनि मुख्य बजारनै पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै घरमानै गएर उपचार दिने उद्देश्यले फार्मेसीसहितको क्लिनिक सञ्चालनमा ल्याएको क्रिमसन फार्मेसी तथा क्लिनिकका अध्यक्ष अभयकुमार पण्डितले जानकारी दिनुभयो ।

क्रिमसन फार्मेसी तथा क्लिनिकको शुभारम्भको अवसरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर समेत हुने भएको छ । क्रिमसन फार्मेसी तथा क्लिनिकका प्रवन्ध निर्देशक मधु कृष्ण पाण्डेले कात्तिक ५ र ६ गते शिविर आयोजना गरेको बताउनु भयो । स्थापना देखिनै सामाजिक उतरदायित्व बहन गर्ने हेतुले शिविरको आयोजना गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार शिविरको समयमा ल्याब सेवामा २० प्रतिशत र औषधिमा १० छुट समेतको व्यवस्था गरिएको छ । शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा कविन न्यौपाने, मुटु छाति पेट, मधुमेह, मृगौला तथा थाइराइड रोग विशेषज्ञ डा सुरेश श्रेष्ठ र स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा जिवन परियार आउने बताइएको छ ।

कार्यक्रममा भरतपुर ७ र ८ का जनप्रतिनिधि, स्थानीय टोल विकास समितिका अध्यक्ष, भरतपुरका विभिन्न अस्पतालका प्रमुख तथा चिकित्सकहरुको समेत उपस्थिति रहेको थियो । उपस्थित सबैले लामो समयसम्म स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय व्यक्तिबाटनै क्रिमसन फार्मेसी तथा क्लिनिक सञ्चालनमा आएको भन्दै यहाँ बाट विश्वसनीय सेवा प्रदान हुने बताउनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>