चितवन विशेष

दसैँमा पनि भरतपुरमा कोरोनाको परीक्षण नरोकिने

Banner

चितवन, कात्तिक ३-

भरतपुर अस्पतालले दसैँमा अस्पतालको ओपीडी सेवा रोकिए पनि कोरोनाको परीक्षण भने नरोकिने जनाएको छ ।

अस्पतालले आज प्रेषित गरेको छुट्टाछुट्टै सूचनामा कोभिड–१९ प्राविधिक समिति चितवनले आइतबार गरेको निर्णअनुसार दसैँको नवमी र दशमीको दिन भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशाला बन्द रहे पनि क्यान्सर र चितवन मेडिकल कलेजको प्रयोगशाला भने बन्द नहुने जनाएको छ । सूचनामा जनाइए अनुसार कात्तिक ९ गते नवमीको दिन चितवन मेडिकल कलेजको प्रयोगशाला र विजया दशमीको दिन क्यान्सर अस्पताललको प्रयोगशला प्रयोगमा ल्याइने छ ।
त्यसैगरी भरतपुर अस्पतालको ओपीडी भने फूलपातीको दिनदेखि एकादशीको दिनसम्म बन्द रहने अस्पतालले जनाएको छ । अस्पतालको इमरजेन्सी र अन्तरंग सेवा चौबिसै घण्टा सञ्चालनमा आउने भरतपुर अस्पतालले सूचनामा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>