कर्पोरेट

एनसेलले नारीका लागि ल्यायो ‘गो सिम’

Banner

चितवन, कात्तिक २-

एनसेल आजियाटा लिमिटेडले महिलाका लागि ‘अघि बढौँ’ भन्ने आशका साथ आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ ।

एनसेलले प्रेषित गरेको विज्ञप्तिमा आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवालगायत थुप्रै सुविधाहरु उपलब्ध हुनेगरीे सिम महिलाहरुका लागि मात्र ल्याइएको जनाइएको छ ।

यो सिम ग्राहकले कात्तिक १ गते शनिबारदेखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद बिक्रेताहरुबाट सजिलै मात्र ९९ रुपैयाँमा खरिद गर्न सक्ने एनसेलले जनाएको छ । गो सिमको खरिदसँगै ग्राहकले २० मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै ग्राहकले गो सिम मार्फत् दामी म्युजिक तथा हंगामा म्युजिक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातिसम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढीको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ ।

‘महिलाका लागि विषेश रुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं । यसको विषेशताहरुमा बन्डल सेवादेखि लिएर आपतकालिन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरुमा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाहरु रहेका छन् । यो प्याक ल्याउनुको प्रमुख कारणहरु मध्ये महिला सुरक्षा एक हो । यसले महिला वर्गलाई दूरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसमा उपलब्ध सेवा, सुविधा तथा सुरक्षाको हिसाबले समेटिएको विषेशताले महिला सशक्तिकरणमा सहयोग पु¥याउने विश्वास हामीले लिएका छौं ।” एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदिप श्रीवास्तवले भन्नुभयो ।

महिलालाई दूरसञ्चार सेवाको पहँुच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिमअन्तर्गत ग्राहकले सिम खरिद गरेको दिन देखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।

यसका साथै यो सिम लिने ग्राहकका लागि अपलकालिन सञ्चार सेवाका लागि विषेश सुविधा रहेको छ । यसअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ भन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवा वापतको कर सहित १० मेन ब्यालेन्सबाट काटिने छ ।

त्यसैगरी यो सिममा महिलाको सुरक्षाका लागि निःशुल्क उपलब्ध हुने अर्को विषेश सुविधा पनि रहेको छ । जसअन्तर्गत प्रयोगकर्ताले आपतकालिन अवस्थामा आफूले चाहेका तीन एनसेल नम्बरहरुमा आपतकालिन सन्देश पठाउन सक्नेछन् । गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स १७१८० ह्यास डायल गर्ने बित्तिकै आफूले छानेका तीन नम्बरहरुमा पुर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प । प्लीज कल’ एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतः जानेछ । ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स १७१८० एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्नेछन् । यो सेवा ग्राहकले आपलकालिन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्नेछ ।

थप आकर्षणका रुपमा गो सिम प्रयोग गर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेटसम्म निःशुल्क कल गर्न सक्ने सुविधा रहेको छ । यसबाट महिलाहरुले आफूलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् ।

यी विभिन्न आकर्षक सुविधाको साथै, गो सिम प्रयोगकर्ताले डेटा, स्वास्थ्य र विभिन्न मनोरञ्जनसहितको कम्बो प्याक सुलभ दरमा प्रयोग गर्न सक्छन् । गो प्रयोगकर्ताले एस्ट्रिक्स १७१०४ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>