Breaking News

सांसद पोखरेलद्वारा भरतपुरमा सडक निर्माणको अवलोकन, विकास गर्दै जाने प्रतिबद्धता

Banner

चितवन, कात्तिक २-

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आज भरतपुर महानगरपालिका वडा नम्बर ११ को बसेनी–लामाटोल सडकखण्डको अवलोकन गर्नुभएको छ ।

संघीय सरकारको तीन करोड रुपैयाँमा निर्माण हुदै गरेको सडकखण्डको निरीक्षणपछि प्रतिनिधिसभा सदस्य पोखरेलले आउँदा दिनमा बाटो बनाउँदा पहिला ढल निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनु भएको छ । स्थानीयसँग अन्तरक्रिया गर्दै प्रतिनिधिसभा सदस्य पोखरेलले यस वर्ष भएको लगातारको वर्षाले धेरैलाई सचेत गराएको भन्दै आउदा दिनमा ढलसँगै सडक निर्माण हुने बताउनु भएको छ । प्रतिनिधिसभा सदस्य पोखरेलले अहिलेको सरकारले विकासका कामलाई प्राथमिकता दिएको बताउनु भयो । जनताको समस्यालाई नजिकबाट नियाल्दै आवश्यकताको आधारमा विकासका पूर्वाधार निर्माण गर्दै लैजाने काम गरेको जानकारी दिनु भयो । अवलोकनका क्रममा सडकको कार्यप्रगति सन्तोषजनक पाइएको उहाँले बताउनुभयो ।

सोही अवसरमा अहिले कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा सुरक्षित तरिकाले चाडपर्व मनाउन प्रतिनिधिसभा सदस्य पोख्रेलले आग्रह पनि गर्नुभएको छ । संक्रमितहरुलाई घृणा नगरी माया सदभाव कायम गरी मनोबल बढाउने काम समुदायबाट नै हुनुपर्ने उहाँले बताउनु भयो । सो अवसरमा उहाँले नेपालीहरुको महान पर्व वडा दसैँ, तिहार, छठलगायतका पर्वहरुको शुभकामना समेत दिनुभएको थियो । सो अनुगमका क्रममा वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>