Breaking News

चितवन मेडिकल कलेजमा १४१ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, कार्तिक १–

चितवनमा पछिल्लो समय थप १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको ३७२ वटा नमुृनामा १४१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चितवनका मात्रै ९९ जना रहेका छन् ।

जसमध्ये भरतपुर महानगरपालिकाका ८० जना, रत्ननगर नगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका ४ जना, राप्ती नगरपालिकाका ३ जना, माडी, कालिका र इच्छाकामनाका एक/एक जना रहेका छन् ।

यसैगरी गोरखाका ३ जना, लमजुङका १ जना, मकवानपुरको हेटौंडाका ४ जना, नवलपुर कावासोतीका २ र गैंडाकोका १२ जना, देवचुलीका ३ र मध्यविन्दुका २ जना गरी १९ जना, रुपन्देहीको बुटवलका २, सर्लाही, तनहुँ, मोरङ, रौतहट, सुर्खेत, कविलवस्तु, महोत्तरी, काठमाडौं, गुल्मी, कास्की, धनुषा र धादिङका एक÷एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>