खैरहनी
वडा सदस्य पाण्डेको शोकमा भोलि खैरहनी नगरपालिकाको सबै सेवा बन्द
०

चितवन, कात्तिक १-
खैरहनी नगरपालिका–१२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको निधनको शोकमा खैरहनी नगरपालिकाको सबै सेवा भोलि एक दिनलाई बन्द गरिएको छ ।
खैरहनी नगरपालिकाले शनिबार एक सूचना सार्वजनिक गर्दै नगरपालिकाको सबै वडा कार्यालयहरुमा बाट प्रवाह हुने सेवा भोलि एक दिनको लागि बन्द गरिएको जनाइएको छ । त्यसैगरी सूचनामा नगरपालिकालगायतका कार्यालयहरुमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने र शोक पुस्तिका राख्ने पनि जनाएको छ । सूचनामा नगरपालिका परिवारको एक सदस्यलाई अल्पायुमा नै गुमाउनु पर्दा नगरपालिका परिवार शोकमा डुबेको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























