स्वास्थ्य
डब्लुएचओले कोरोनाको उपचारमा मान्यता नदिएको औषधिलाई सरकारले दियो प्रयोग गर्न अनुमति
०

काठमाडौं, कार्तिक १-
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विश्वभर विभिन्न प्रयास भएका छन् । यतिबेला कोरोना भाइरसविरुद्धको खोपलाई महामारीको एक मात्र प्रभावकारी विकल्पका रुपमा हेरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता नदिएको औषधि सरकारले नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ ।
डब्लुएचओले ‘रेम्डेसिभिर’ नामक औषधि कोरोनाको उपचारमा प्रभावकारि नदेखिएको बताइरहँदा सरकारले भने त्यही औषधि आयात, बिक्रि र प्रयोग गर्न अनुमति दिएको हो ।
डब्लुएचओले शुक्रबार बिहान रेम्डेसिभिर नामको औषधि कोरोनाको उपचारमा प्रभावकारी नदेखिएको सार्वजनिक गरेको थियो । सरकारले भने शुक्रबार दिउँसो सार्वजनिक सूचना जारी गर्दै यो औषधि आयात, बिक्री र प्रयोग गर्न अनुमति दिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























