खैरहनी

चितवनको खैरहनीमा ११४ जना कोरोना संक्रमण मुक्त

Banner

चितवन, असोज २८-

चितवनको खैरहनी नगरपालिकामा कोरोना भाइरस संक्रमबाट मुक्त हुनेको संख्या सक्रिय संक्रमित भन्दा केही बढी देखिएको छ ।

बुधबारसम्मको तथ्यांक अनुसार खैरहनीमा ११४ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या १११ जना रहेको नगरपालिकाकी सामाजिक नर्सिङ निरीक्षक पूजा गिरीले बताउनुभयो । मंगलबारसम्म कोरोना मुक्त हुने भन्दा सक्रिय संक्रमितको संख्या बढी थियो । खैरहनीमा हालसम्म एक हजार ३९१ जनाको पिसीआर परीक्षण गरिएकोमा २१८ जना रिपोर्ट पोजेटिभ आएको छ ।

सक्रिय संक्रमित मध्ये ७९ जना होम आइसोलेसनमा छन् । त्यस्तै अस्पताल आइसोलेसनमा २५ जना र सामुदायिक आइसोलेसनमा ६ जना संक्रमित रहेको सामाजिक नर्सिङ निरीक्षक गिरीले बताउनुभयो । खैरहनीमा कोरोना संक्रमणबाट अहिले सम्म दुई जनाको मृत्यु भएको छ । यस नगरपालिकामा जेठ २६ गते पहिलो संक्रमण देखिएको थियो । जेठ ,असार र साउन खासै संक्रमण नदेखिए पनि भदौ र असोजमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>