स्वास्थ्य
मोरङका एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु
०

मोरङ, असोज २८-
मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो ।
मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























