Uncategorized
सनराइज बैंक र जोन्टा क्लबबीच अनलाइन शिक्षाको लागि सहकार्य

चितवन, असोज २७-
सनराइज बैँक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंले अनलाइन शिक्षामा गरेको पहललाई आंशिकरूपमा लगानी गरेर सहयोग पु¥याएको छ ।
बैँकले जारी गरेको विज्ञप्तिमा बैँकले गरेको तीन लाखको प्रारम्भिक सहयोगले विद्यालयका शिक्षकलाई ल्यापटप, डिजिटल साक्षरता र प्रशिक्षण प्रदान गर्ने प्रारम्भिक चरणमा कार्यान्वयन गरिनेछ । महिला शिक्षकसँगै पुरुष शिक्षकलाई पनि ल्यापटप र शिक्षा प्रदान गरिनेछ । जोन्टा क्लब काठमाडौं र दरबार हाइस्कुलले सनराइज बैँकको यस योगदानलाई ठूलो सम्मान गरेको विज्ञप्तिमा उल्लेख छ । बैँकसँग लामो र अर्थपूर्ण सहकार्यको लागि तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ ।
जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाताअन्तर्गत स्थापित भएको थियो । जÞोन्टाले यस्तो विश्वको कल्पना गरेको छ जहाँ महिलाको अधिकारलाई मानव अधिकारका रूपमा मान्यता दिएको छ र हरेक महिला आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्षम छन् भन्ने मान्यता राख्छ । यस्तो संसारमा महिलाको सबै स्रोतमा पहुँच छ र पुरुषसँग समान आधारमा निर्णय लिने स्थितिमा प्रतिनिधित्व हुन्छ । यस्तो संसारमा कुनै पनि महिला हिंसाको डरले बस्दैनन् ।
























