चितवन विशेष

चितवनमा मनाईयो चेम्बर दिवस

Banner

चितवन, असोज २७–

उद्योगी ब्यवसायीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स चितवन शाखाले आज (मंगलबार) चेम्बर दिवस मनाएको छ । नारायणगढस्थित कार्यालयमा झण्डोत्तलन गर्दै चेम्बर दिवस मनाईएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चेम्बरको झण्डोत्तलन गरेका थिए । कार्यक्रममा बोल्दै प्रजिअ भट्टराईले चेम्बरलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले नेपालको आर्थिक विकासमा चेम्बरले खेलेको भूमिकाको प्रशंसा समेत व्यक्त गरे ।

चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले आजको दिन व्यवसायीहरुको खुशीको दिन रहेको बताए । उनले चेम्बर दिवसका अवसरमा विभिन्न स्थानमा सामाजिक कार्यक्रम समेत गरिएको जानकारी दिए । दिवसकै अवसरमा पूर्वीचितवनको भण्डारामा कोरोना भाइरस संक्रमितको उपचारका लागि प्लाज्मा संकलन कार्यक्रम गरिएको जानकारी दिए ।

२००७ साल असोज २७ गते चेम्बर अफ कमर्सको स्थापना भएको हो । यही दिनलाई अबदेखि चेम्बर दिवसका रुपमा देशब्यापी रुपमा मनाउन लागिएको हो । कार्यक्रममा वडा नं.३ का अध्यक्ष चन्द्रमित्र पण्डित, युवा व्यवसायीहरु गोपाल भट्टराई, रुबिन रामदामु, प्रदीप लामिछाने, समाजसेवी एवंम कोरोना अनुगमन समिति चितवनका संयोजक महेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>