Breaking News

मनकामना अस्पतालले स्वीकार्यो गल्ती, तीन जना शिशुको मृत्यु कारण एउटै

Banner

चितवन, असोज २६–

भरतपुर–१० स्थित मनकामना अस्पतालले आफ्नो गल्ती स्वीकार गरेको छ । अस्पताल प्रशासनले एक विज्ञप्ती जारी गर्दै अस्पतालमा उपचाररत दुई शिशु र रिफर गरिएको एक शिुशको मृत्यु भएको स्वीकार गरेको हो ।

यसअघि अस्पतालले एक जना शिशुको मात्रै मृत्यु भएको अस्पतालले दावी गर्दै आइरहेको थियो । अस्पतालको लापरवाहीका कारण शिशुको मृत्यु भएको विषयमा नारायणी अनलाइनमा फलोअपसहितको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले विज्ञप्ती जारी गरेरै शिशु मृत्युको कारण खुलाएको छ । अस्पताल प्रशासनले शिशु मृत्यु पश्चात मात्रै मृत्युको कारण बारे जानकारी गराएको भन्दै मृतकका आफन्तले असन्तुष्टि पोखेका थिए । पछि आफन्तहरुसंग पटकपटक वार्ता गरेर आफ्नो गल्ती ढाकछोप गर्दै विभिन्न मेडिकल कारण देखाएर घटनालाई लुकाउन प्रयास गरेको थियो ।

अस्पतालले नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू)मा उपचाररत दुई शिशुको विहान र बेलुका मृत्यु भएको स्वीकार गरेको छ । पहिलो शिशुको जन्मजात निमोनिया, जन्मने वित्तिकै नरोएर निश्सासिएको, मष्तिस्कमा गम्भिर चोट पुगेको, गम्भिर प्रकृतिको रगत संक्रमण र स्वास प्रश्वासमा समस्याका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दोस्रो शिशुको जन्मने वित्तिकै नरोएको, निस्सासिएको, मष्तिस्कमा गम्भिर चोट पुगेको र स्वास प्रश्वास समस्याका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । दुवै शिशुलाई समयमै भेन्टिलेटरमा राखेर उपचार समेत गरिएको अस्पतालले भनेको छ ।

त्यस्तै तेस्रो शिशुमा संक्रमणको उच्च जोखिम (महिना नपुगी जन्मेको र आमामा मधुमेह रहेको) र सो शिशुमा पनि जन्मजात निमोनिया, गम्भिर प्रकृतिको रगत संक्रमणको र रक्तचाप न्यून भएको अवस्थाले थप उपचारका लागि आफन्तहरुकै अनुरोधमा चितवन मेडिकल कलेजमा रिफर गर्दा शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । तर शिशुका आफन्तहरुले अस्पतालले बचाउन नसक्ने भन्दै अन्य अस्पताल लैजान भनेपछि चितवन मेडिकल कलेज लगिएको जनाएको छ ।

शिशुका आफन्त विकास सापकोटाले अस्पतालले बचाउन नसक्ने भनेपछि चिकित्सकहरुकै दवाबमा अर्को अस्पताल लान बाध्य भएको बताए । उनले भने–‘शिशु अन्तिम अवस्थामा पुगेपछि बल्ल चिकित्सकले हामीले बताउन सक्दैनौं भनेपछि हामी अर्को अस्पताल लान बाध्य भयो, जन्मिदा सामान्य भनिएको शिशु कसरी एकाएक यस्तो भयो हामी बुझ्न सकेका छैनौं ।’

मृतक शिशुका आफन्तहरुले मनकामना अस्पतालमा बच्चाको उपचार गर्नु ठूलो भएको बताएका छन् । उनीहरुले भनेका छन्–‘हामी यहाँ आएर उपचार गर्दा गल्ती गर्‍यौं, यस्तो गल्ती तपाईहरुले नगर्नुहोला ।’ सो अस्पतालका बच्चाका उपचार गर्ने चिकित्सकहरुले हाइडोज औषधि चढाउने गरेको उपचारका लागि जाने बिरामीका आफन्तहरुले बताउने गरेका छन् ।

यो पनि पढ्नुहोस्ः

मनकामना अस्पतालको लापरवाहीले तीन शिशुको मृत्युः अस्पतालद्धारा घटना ढाकछोप

मनकामना अस्पतालको लापरवाहीः एकैदिन तीन शिशुको ज्यान गयो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>