चितवन विशेष

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ प्रतियोगिता एफयूमा हुने

Banner

चितवन, असोज २६-

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशिलता चुनौती ‘हल्ट प्राइज २०२० र २१’ आयोजना हुन लागेको छ ।
कार्यक्रम पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालयमा सञ्चालन हुन गइरहेको हो । यो प्रतिस्पर्धालाई विद्यार्थीहरूका लागि ‘नोबेल पुरस्कार’ भनेर चिनिन्छ ,जसको विजेताहरुका लागि एक मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ ।

के हो त हल्ट प्राइज ?

हल्ट प्राइज ऊर्जावान विद्यार्थीहरुको लागि एक अवसर हो, जो एक उद्यमी, व्यापारी हुन कोसिस गर्दछन् । समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अहिलेसम्म शिक्षा, बिजुली, पानी ,खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूका लागि अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले छनौट गर्नुभएको छ । उहाँले हरेक वर्ष यस्तै समाजलाई सकारात्मक परिवर्तन ल्याउने खालका विषय रोज्ने गर्नुभएको छ । हरेक वर्ष चुनौतीहरु सयुक्त राष्ट्र संघका दिगो विकासका लक्ष्यहरु रहेर घोषणा गरिन्छ ।

हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो जसले विद्यार्थीलाई नेटवर्क र उद्यमशिलता अगाडि बढाउन अवसर दिन्छ । यो प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूका लागि एक मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ । यो युवाहरुको सञ्जाल हो जसले युवापुस्तालाई समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ। यो विद्यार्थीको लागि संसारकै ठूलो प्रतिस्पर्धा हो ।

कसरी र कस्तो विषय हुनेछ ?

हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले ‘दिगो विकास लक्ष्य’ मा रहेर सामाजिक उद्यमशिलतालाई प्रोत्साहन गर्दै ‘चुनौती र विषय’ घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरु आफ्नो व्यापार आइडियासहित प्रस्तुत हुनु पर्छ । यो वर्षको चुनौती र विषय घोषणा भइसकेको छ र प्रतियोगीहरुले सोही विषयमा आधारित भएर आफ्नो उद्धमशिलता विचार प्रस्तुत गर्नु पर्ने हुन्छ।

प्रतियोगी कति हुनेगरेका छन् ?

विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा १२१ देशका दुई हजार ५०० बढी विश्वविद्यालयबाट तीन लाख धेरै विद्यार्थीले सहभागिता जनाउने गरेका छन्।

कसरी हुन्छ त कार्यक्रम ?

यस कार्यक्रममा नेपालभरिका कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत पर्ने केन्द्रीय र सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर अध्यनरत विद्यार्थीले भाग लिन पाउने छन् । प्रत्येक क्याम्पस अथवा विश्वविद्यालयहरुमा हुने प्रतियोगिता अथवा समाजिक आन्दोलनलाई ‘अन क्याम्पस प्रोग्राम’ को नाम दिएको छ । ‘अन क्याम्पस प्रोग्रामको’ विजेताले ‘रिजनलको’ लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी यस विश्वविद्यालयका हल्ट प्राइजका क्याम्पस निर्देशक सुजनजङ थापाले जानकारी दिनुभएको छ । यो प्रतियोगितामा स्नातक र स्नातकोत्तर अध्ययनरत तीनदेखि चार जना विद्यार्थीहरुको समूहले भाग लिन सक्दछ्न, चार भन्दा बढी विद्यार्थीहरूको समूह मान्य हुने छैन ।

उहाँले थप्दै भन्नुभयो, ‘ विश्वविद्यालयसँग सम्बन्धित सम्पूर्ण पदाधिकारी र सरोकारवालासँग भर्चुअल मिटिङ भइ यस हुन गइरहेको कार्यक्रमको प्रक्रिया र ढंगको बारेमा सफल र बहस भइसकेको छ ।’ सोही कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति प्रा.डा शारदा थपलिया, कार्यबाहक डिन कृषि संकाय प्रा.डा कल्याणी मिश्र त्रिपाठी ,कार्यबाहक डिन वन संकाय प्रा.डा बलराम भट्ट, विद्यार्थी कल्याणकारी निर्देशनालय प्रमुख प्रा.डा अरभिन्द श्रीवास्तव, क्याम्पस प्रमुख प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारी सहप्राध्यापक डा.गान्धिभ काफ्ले, क्याम्पस प्रमुख प्राकृतिक स्रोत व्यवस्थापन कलेज सिन्धुली सहप्राध्यापक माधव धिताल, क्याम्पस प्रमुख प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिबास सहप्राध्यापक विशाल श्रेष्ठ, क्याम्पस प्रमुख प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पा सहप्राध्यापक सुमन ढकाल, क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेज सिन्धुली सहप्राध्यापक प्रसिद थापा उपस्थित मिटिङमा बोल्दै उहाँहरुले कार्यक्रममा आर्थिक ,सामाजिक र बौद्धिक सहयोग जनाउने प्रतिबद्दता जानाउँदै एक सकारात्मक कदम भनेर प्रशंसा समेत गर्नु भयो । कार्यक्रमको भव्य आयोजना गर्न सल्लाहसुझाव र हौसाला दिँदै आउदा दिनमा विश्वविद्यालय यस्ता कार्यतर्फ सदैब लागिपर्ने कुराहरु पनि उहाँहरुले बताउनु भयो ।

भर्चुअल मिटिङ गरेर विश्वविद्यालयका विद्यार्थीलाई पनि केही समय अगाडि हल्ट प्राइज कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यक्रम र प्रक्रियाका बारेमा जानकारी दिएको थियो,जसमा विश्वविद्यालयमा अध्ययनरत पूर्वदेखि पश्चिमका विद्यार्थीहरु उपस्थित भएको विश्वविद्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>