चितवन विशेष

भरतपुर भ्रमण बर्षको प्रबद्र्घनका लागि सवारीसाधनमा स्टीकर

Banner

भरतपुर,बैशाख १९-

भरतपुर भ्रमण बर्ष २०२४ को प्रबद्र्धनका लागि सवारीसाधनमा ‘घुमौ भरतपुर’ लेखिएको स्टीकर टाँसिएको छ । बुधबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले सवारीसाधनमा स्टीकर टाँसेर कार्यक्रमको सुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सवारीसाधनमा टाँसिएको स्टीकरले भरतपुर भ्रमण बर्षलाई थप टेवा पुग्ने बताउनुभयो । यातायातको माध्यामबाट देशभर भ्रमणबर्षको प्रचार गर्न स्टीकर टाँस गरेको भन्दै उहाँले यो अभियानले गाउँगाउँमा भ्रमणबर्षको प्रचारप्रसार हुने बताउनुभयो ।

‘भ्रमण बर्षले यहाँका नीजि क्षेत्रलाई चलायमान बनाइरहेको छ,उहाँले भन्नुभयो, पर्यटनको महत्वपूर्ण गन्तव्यको रुपमा विकास हुने क्रममा छ ।’ भरतपुर देशको केन्द्रबिन्दुमा रहेका कारण पनि यहाँ हुँदै चल्ने सवारीसाधन देशका सबै जिल्लामा पुग्ने गरेको उहाँले बताउनुभयो ।महानगरपालिकाले सवारीसाधनमा दुई हजार स्टीकर टाँँँस्ने लक्ष्य राखेको छ ।

भ्रमण बर्षको प्रचार प्रसारका लागि होडिङ बोर्ड र विभिन्न सञ्चारमाध्यम प्रयोग गरिएको महानगरका बिज्ञ सल्लाहकार बिश्व सुवेदीले जानकारी दिनुभयो । उहाँले भ्रमण बर्षलाई लक्षित गरेर महानगर भित्रका होटल, रेष्टुरेन्टमा १५ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताउनुभयो । उहाँले केन्द्रीय बस टर्मीनल, नारायणगढ बसपार्क, चौविसकोठी र पुलचोकमा महानगर प्रहरीले सवारीसाधनमा स्टीकर टाँस गर्ने बताउनुभयो । भ्रमण बर्षको अबधिमा भरतपुरमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक बास बस्नेगरी घुम्न आउने महानगरपालिकाले अपेक्षा राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>