Breaking News

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावले काठमाडौंमा तरंग, फिर्ता गराउन ओलीलाई प्रचण्डको आग्रह

Banner

काठमाडौँ, असोज २६-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार बिहान झन्डै सवा घन्टा छलफल भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष दाहालले अहिलेको अवस्थामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठीक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको स्रोतले जनाएको छ ।

ओलीको समर्थनमा मुख्यमन्त्री शाहीविरुद्ध यस्तो रणनीति अघि बढाइएको बुझाइ अध्यक्ष दाहालको रहेको छ । तर, ओलीले भने आफ्नो समर्थनमा यस्तो नभएको बताएका थिए ।

मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्तावमा नेकपाका कुल ३३ सांसदमध्ये १८ जनाले सांसद यमलाल कँडेलको नेतृत्वमा हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>