कालिका

चितवनमा रेष्टुरेन्टभित्र जुवातास खेलिरहेका पाँच जना पक्राउ

Banner

चितवन, असोज २५-

चितवन प्रहरीले रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा कालिका नगरपालिकाबाट पाँच जनालाई प्रक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले शनिबार राति जुवा तास खेलिरहेको अवस्थामा कालिका नगरपालिकामा–४ मा रहेको ग्रीन  टप कटेजबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।

प्रक्राउ पर्नेमा कालिका नगरपालिकाका–ं४ बस्ने वर्ष ३७ को बलबहादुर नेपाली, कालिका नगरपालिका ३५ वर्षका हरिराम लामा र वर्ष ४० का कुमार चौधरी रहेका छन् । त्यसैगरी नवलपुरको गैडाकोट नगरपालिकाका बस्ने  वर्ष ३८ को हरि जिसी र नवराज परियार रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले जुवातास खेल्ने कार्यमा प्रयोग भएको तास एक बुक र नगद दुई लाख २९ हजार ७८० बरामद गरेको उहाँले बताउनुभयो । पक्राउ परेका विरुद्ध जुवा कसूरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>