Uncategorized
रगतको अभाव कम गर्न नारायणगढमा ६३ जनाले गरे रक्तदान

चितवन, असोज २४-
विश्वव्यापी कोरोना भाइरस महामारीको कारणले गर्दा देशव्यापी रगतको आभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै चितवनमा आज रक्तदान भएको छ ।
उद्योग वाणिज्य संघ चितवनको परिसरमा भएको खुल्ला रक्तदान कार्यक्रममा पुरूष ५९ जना र महिला ४ जना गरी जम्मा ६३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक भोला लामिछानेले जानकारी दिनुभयो । रोटरी क्लब अफ नारायणगढ, रोट्¥याक्ट क्लब अफ नारायणगढ, स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लब र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुर, उद्योग वाणिज्य संघ चितवन र यूथ फर ब्लड चितवनले सहकार्य गरेका थिए ।
रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लबका अध्यक्ष अनुकूल श्रेष्ठ र संस्थापक अध्यक्ष निरञ्जन प्रधानले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, प्रथम महिला सुरक्षा श्रेष्ठ, रोट्¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष सुक्ष्मा गुरूङ, स्पाउज क्लबका अध्यक्ष मनषा थैव श्रेष्ठ निर्वाचित अध्यक्ष अरूण खनाल, निवर्तमान अध्यक्ष शुसनलाल प्रधान लगायत क्लवका पूर्वअध्यक्षहरू चुननारायण श्रेष्ठ , बिशाल श्रेष्ठ , रोहित कुमार श्रेष्ठ, सुमन कुमार श्रेष्ठ, रमेश श्रेष्ठ, सहन प्रधान, नारायण प्रधानलगायत रोटरीयन सदस्यहरू र चितवन साइकल राइडर्स क्लबबाट उपाध्यक्ष पदम काजी र सचिव धर्मराज सापकोटाको उपस्थिति रहेको थियो भने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।


























